• २०८३ बैशाख २७  आईतवार
  • Sunday 10 May 2026

   प्रशिक्षण परिषद्को सातौं बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को सातौं बैठक २०८१ श्रावण १० गते सम्पन्न भयो । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू लगाएतको उपस्थिति रहेको थियो ।

परिषद्का सचिव तथा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धीहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा कार्यकारी निर्देशक पाण्डेले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए ।

परिषद्ले प्रतिष्ठानको गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आ.व. २०८१।८२ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । त्यसैगरी, प्रदेश र स्थानीय तहमा कार्यरत दशौं तहका कर्मचारीको उच्चस्तरीय व्यवस्थापन तालिम पाठ्यक्रम, प्रदेश लोक सेवा आयोगबाट प्रदेश र स्थानीय तहमा सिफारिस भएका अधिकृतस्तर कर्मचारीको सेवा प्रवेश तालिम पाठ्यक्रम र प्रतिष्ठानको आन्तरिका नियन्त्रण प्रणाली सम्बन्धी दिग्दर्शन, स्वीकृत गरको छ ।

थप फोटोहरूको लागि,     यहाँ क्लिक गर्नुहोस्

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस