• २०८० चैत्र १५  बिहिवार
  • Thursday 28 Mar 2024

   अनुसन्धान

Details Image

अध्ययन अनुसन्धान सम्बन्धी नीति 
(क) नयाँ ज्ञानको सिर्जना र भईरहेको ज्ञानमा थप योगदान गर्ने पद्धतिको रुपमा अध्ययन अनुसन्धान र वहसलाई विकास गरी प्रदेश सरकार र स्थानीय तहका विकास तथा शासकीय सुधार कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने । 
(ख) अध्ययन अनुसन्धानलाई प्रदेश तथा स्थानीय तहका कार्यक्षेत्र र विकास प्राथमिकतासँग आवद्ध गर्ने । 
(ग) अध्ययन अनुसन्धानलाई प्रतिष्ठानको नियमित कार्यका रुपमा विकास गर्ने । 
(घ) द्विपक्षीय एवम् बहुपक्षीय सहयोगको परिचालन गरी अध्ययन अनुसन्धानका कार्य सञ्चालन गर्ने । 
(ङ) अध्ययन अनुसन्धानका कामलाई फेलोशिप कार्यक्रमसँग आवद्ध गराउने । 
(च) संघ, प्रदेश र स्थानीय तह सञ्चालन तथा व्यवस्थापन, संघीय प्रणाली तथा विकास प्रक्रियाको बारेमा विभिन्न किसिमका वहस, अन्तक्रिया, गोष्ठि, सम्मेलन, सम्वाद आदिलाई अध्ययन अनुसन्धानका अङ्गका रूपमा अगाडी बढाउने ।