• २०८१ बैशाख १३  बिहिवार
  • Thursday 25 Apr 2024

   शासकीय संरचना

प्रशिक्षण परिषद
प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा देहाय वमोजिमको प्रशिक्षण परिषद् रहनेछः
(क) मुख्यमन्त्री – अध्यक्ष
(ख) उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग – सदस्य
(ग) अध्यक्ष, प्रदेश लोक सेवा आयोग – सदस्य
(घ) मुख्यमन्त्रीले तोकेको प्रदेश स्तरको विश्वविद्यालयको उप-कूलपति –सदस्य
(ङ) प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(च) प्रदेश सरकारका सचिवहरू – सदस्य
(छ) प्रदेश सरकारले मनोनित गरेको दुई जना महिला सहित तीन जना – सदस्य
(ज) प्रतिष्ठानका कार्यकारी निर्देशक – सदस्य–सचिव

कार्यकारी समिति
प्रतिष्ठानको उद्देश्य एवं नीति अनुरुप प्रशिक्षण एवं अनुसन्धान
कार्यक्रमलाई सुव्यवस्थित रुपले सञ्चालन गर्न गराउन देहाय वमोजिमका सदस्यहरु भएको कार्यकारी समिति रहनेछः
(क) प्रतिष्ठानको कार्यकारी निर्देशक – अध्यक्ष
(ख) सचिव, प्रशासन तथा बैठक महाशाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ग) सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय – सदस्य
(घ) सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय – सदस्य
(ङ) सचिव, प्रदेश लोक सेवा आयोग – सदस्य
(च) सचिव, प्रदेश नीति तथा योजना आयोग – सदस्य
(छ) कार्यकारी निर्देशकले तोकेको प्रतिष्ठानको उप–कार्यकारी निर्देशक – सदस्य–सचिव

कार्यकारी निर्देशक

प्रदेश सरकारले नियुक्त गरेको कार्यकारी निर्देशकले प्रतिष्ठानको प्रमुखको रूपमा काम गर्नेछन्। कार्यकारी निर्देशक काउन्सिल र कार्यकारी समितिले लिने निर्णयहरुको कार्यान्वयन गर्न उत्तरदायी हुनेछन् ।