गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको नवौं प्रशिक्षण परिषद्को बैठक २०८३ कार्तिक १९ गते सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू, प्रशिक्षण परिषद्का मनोनीत सदस्यहरु लगाएतको प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् परिषद् सचिव सुरेन्द्रबाबु तिवारीले मुख्यमन्त्रीज्यूको अनुमतिमा प्रतिष्ठानको उपलब्धीहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान बारेमा चर्चा गरे ।
परिषद्ले प्रतिष्ठानको गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आ.व. २०८३।८४ को नीति तथा कार्यक्रम संगै बजेट अनुमोदन गरेको छ । प्रदेश र स्थानीय तहमा कार्यरत नवौं/दशौं तह वा सो सरहका कर्मचारीको उच्चस्तरीय व्यवस्थापन सम्बन्धी सेवाकालीन तालिमको पाठ्यक्रम संसोधन सहित स्वीकृत र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको दोस्रो रणनीतिक योजना आ.व. २०८३/८४ – २०८७/८८ स्वीकृत गरेको छ । त्यसैगरी, परिषद बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०८३ स्वीकृतका लागी गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्मा स्वीकृतका लागी सिफारिस गर्ने निर्णय गरेको छ ।