• २०८२ माघ २१  बुधवार
  • Wednesday 04 Feb 2026

   प्रशिक्षण परिषद्को छैटौँ बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को छैटौँ बैठक मिति २०८० कार्तिक २२ गते गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न । बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू लगाएतको उपस्थिति ।

बैठकमा प्रतिष्ठानका उपलब्धिको समीक्षा गरिनुका साथै कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली स्वीकृत । बैठकको अवसरमा प्रतिष्ठानले प्रकाशन गरेका संघीयताको सन्दर्भमा स्थानीय आर्थिक विकास सम्बन्धी अध्ययन प्रतिवेदन र सार्वजनिक निकायको आर्थिक प्रशासन सम्बन्धी नियमित कार्यसम्पादनका लागि तयार पारिएको आधारभूत कार्यसञ्चालन कार्यविधि (Standard Operating Procedure-SOP) माननीय मुख्यमन्त्रीज्यूबाट लोकार्पण ।

थप फोटोहरूको लागि,     यहाँ क्लिक गर्नुहोस्

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस