• २०७९ जेष्ठ ९  सोमबार
  • Monday 23 May 2022

   कार्यकारी समितिको पहिलो बैठक सम्पन्न

Details Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको प्रथम बैठक मिति २०७७ असार २८ गते प्रतिष्ठानको कार्यालय नदिपुरमा सम्पन्न भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे को अध्यक्षतामा बसेको उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको उपस्थिति रहेको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र कानुन तथा संवैधानिक मामिला सचिव एवम् प्रदेश सरकारका महान्यायधिवक्ताको विशेष उपस्थिति रहेको थियो ।
उक्त बैठकले कार्यसमितिको बैठक कार्यविधि, आ.व. २०७७/७८ को बजेट तथा कार्यक्रम, कर्मचारीको सेवाकालीन तथा सेवा प्रवेश तालिम पाठ्यक्रमलाई स्वीकृत गर्ने लगाएतका निर्णय गरेको थियो ।

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस