• २०८१ बैशाख ११  मङ्गलवार
  • Tuesday 23 Apr 2024
team image
✍️खगराज अधिकारी

माननीय मुख्यमन्त्रीको सन्देश

प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीहरूको लागि संघ, प्रदेश र स्थानीय तह सञ्चालन र व्यवस्थापन लगायतका विषयमा आवश्यक पर्ने व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न प्रशिक्षणको व्यवस्था गर्ने, प्रदेशको विकास कार्यक्रममा सघाउ पुऱ्याउन प्रदेश सरकारको प्रशासन तथा व्यवस्थापन क्षेत्रलाई सबल सञ्चालन, सक्षम तथा प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने, प्रशिक्षणलाई बढी उपयोगी तुल्याउन तथा प्रशिक्षण सामग्री तयार गर्नका लागि समस्यामूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवा सम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने एवम् संघ, प्रदेश र स्थानीय तह सञ्चालन र व्यवस्थापन लगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले स्थापनाको छोटो अवधिमा नै ISO 9001:2015 को मान्यता सहितको गुणस्तर व्यवस्थापन प्रणाली अवलम्बन गर्दै प्रतिष्ठानका उद्देश्य प्राप्तिमा क्रियाशील हुन सफल भएकोमा प्रतिष्ठान परिवारलाई बधाई दिन चाहन्छु । 
गुणस्तरीय प्रशिक्षण, समस्या केन्द्रित अनुसन्धान, सवाल केन्द्रित संवाद र मागमा आधारित परामर्श सेवाको माध्यमद्वारा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारी एव ं जनप्रतिनिधिहरूको दक्षतामा अभिवृद्धि गरी सक्षम र सुशासनयुक्त प्रदेश सरकार र स्थानीय तहका लागि उत्कृष्ट प्रतिष्ठानको रुपमा स्थापित हुने लक्ष्यका साथ अगाडि बढेको यस प्रतिष्ठानलाई सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छु । 
जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासको माध्यमबाट सार्वजनिक निकायद्वारा प्रवाह हुने सेवाको प्रभावकारिता अभिवृद्धि गरी नागरिक र सरकारबीचको सम्बन्ध र विश्वास बढाउन एवम् संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई समन्वय, सहकार्य र सह-अस्तित्वको मर्म अनुसार कार्यान्वयन गर्न प्रतिष्ठानद्वारा सञ्चालन गरिने क्षमता विकासका कार्यले सहयोग पुऱ्याउने कुरामा म विश्वस्त छु । प्रतिष्ठानका लक्ष्य र उद्देश्य प्राप्तिमा सबै सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको सहयोग र सद्भावको लागि समेत हार्दिक अनुरोध गर्दछु । 
धन्यवाद ! 

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस