• २०८० चैत्र १५  बिहिवार
  • Thursday 28 Mar 2024
team image
✍️सुरेन्द्रराज पाण्डे

माननीय मुख्यमन्त्रीको सन्देश

प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एवम् कार्यरत कर्मचारीका लागि संघ, प्रदेश र स्थानीय तह सञ्चालन र व्यवस्थापन लगायतका विषयमा आवश्यक पर्ने व्यावसायिक ज्ञान, सीप र दक्षता अभिबृद्धिका लागि प्रशिक्षणको व्यवस्था गर्ने, प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नयाँ नियुक्त हुने कर्मचारीहरुलाई सेवा प्रवेश तालिम, प्रदेश र स्थानीय तहका विकास कार्यक्रममा सघाउ पुर्याउन प्रदेश सरकार र स्थानीय तहको शासकीय क्षमता सबल बनाउने एवम् संघ, प्रदेश र स्थानीय तह सञ्चालन र व्यवस्थापन लगायतका विषयमा अध्ययन अनुसन्धानका माध्यमबाट नीतिगत पृष्ठपोषण गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले स्थापनाको छोटो अवधिमा नै ISO 9001:2015 को मान्यता सहितको गुणस्तर व्यवस्थापन प्रणाली अवलम्बन गर्दै प्रतिष्ठानका उद्देश्य प्राप्तिमा क्रियाशिल हुन सफल भएकोमा प्रतिष्ठान परिवारलाई बधाई दिन चाहन्छु

कार्यसम्पादनमा आधारित प्रशिक्षण, समस्या केन्द्रित अनुसन्धान, सवाल केन्द्रित संवाद, मागमा आधारित परामर्श सेवा र ज्ञान व्यवस्थापनका माध्यमद्वारा सार्वजनिक निकायमा कार्यरत कर्मचारी एवम् जनप्रतिनिधिहरूको क्षमतामा अभिवृद्धि गरी प्रदेश र स्थानीय तहको समग्र मानव संसाधन विकासमा योगदान गर्ने लक्ष्यका साथ अगाडि बढेको यस प्रतिष्ठानलाई सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छु । सार्वजनिक निकायद्वारा प्रवाह गरिने सेवाको प्रभावकारिता अभिबृद्धि गरी नागरिक र सरकारबीचको सम्बन्ध र विश्वास बढाउन एवम् संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई समन्वय, सहकार्य र सह– अस्तित्वको मर्म अनुसार कार्यान्वयन गर्न प्रतिष्ठानद्वारा सञ्चालन गरिने क्षमता विकासका कार्यले सहयोग पुर्याउने कुरामा म विश्वस्त छु । प्रतिष्ठानका लक्ष्य र उद्देश्य प्राप्तिमा सबै सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूको सहयोग र सद्भावको लागि समेत हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद !

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस