• २०८० चैत्र १५  बिहिवार
  • Thursday 28 Mar 2024
team image
✍️ॠषि राम पाण्डे

कार्यकारी निर्देशकको सन्देश

प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका विकास र सुशासन प्रवर्धनका कार्यक्रम कार्यान्वयनमा सहजिकरण, अध्ययन अनुसन्धान र वहसका माध्यमबाट नयाँ ज्ञानको सिर्जना वा भईरहेको ज्ञानका क्षेत्रमा थप योगदान गर्ने अभिप्रायले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना भएको हो । प्रशिक्षण व्यावसायलाई प्रशिक्षार्थीको कार्यसम्पादनसँग आवद्ध गराई संवन्धित संस्थाको समग्र कार्यसम्पादनमा सुधार गरी क्षमता विकास कार्यक्रमको सहि मूल्य(best value for money) सुनिश्चित गराउने तथा अध्ययन अनुसन्धान लाई प्रदेश तथा स्थानीय तहका नीति, योजना, कार्यक्रम आदिमा प्रयोग गरी तिनको प्रभावकारीतामा अभिबृद्धि गर्ने कार्यमा प्रतिष्ठान केन्द्रीत रहने छ । “सक्षम प्रदेश सरकार र सुशासनयुक्त स्थानीय तहका लागि उत्कृष्ट (Center of Excellence) प्रतिष्ठान”को दिर्घकालिन सोंचलार्ई ”गुणस्तरीय प्रशिक्षण, समस्या केन्द्रीत अनुसन्धान र सवाल केन्द्रीत वहस र परामर्श सेवा”को माध्ययमद्वारा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारी एवम् जनप्रतिनिधिहरूको “व्यवहारमा परिवर्तन र कार्यसम्पादनमा सुधार” का लागि प्रतिष्ठानले “इमान्दारीता, प्रतिवद्धता र नव प्रवर्तन”लाई संस्थागत मान्यताका रुपमा अगाडी बढाउनेछ । संघीय सरकारको समृद्ध नेपाल, सुखी नेपालीको दिर्घकालिन लक्ष्य, प्रदेश सरकारको समृद्ध प्रदेश, सुखी नागरिकको योजना र स्थानीय तहहरूका विकास प्राथमिकतालाई साकार पार्न सबै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था साथै सबै सरोकारवालाहरुसँग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा हामी प्रतिवद्ध छौं । नतिजामा आधारीत प्रशिक्षण, समस्या केन्द्रीत अनुसन्धान र सवाल केन्द्रीत परामर्श सेवाका माध्यम बाट प्रदेश सरकार र स्थानीय तहहरूको संस्थागत सुदृढिकरण, सुशासन प्रवर्धन र विकास कार्यहरूको प्रभावकारीता अभिबृद्धिमा हाम्रा प्रयासहरू केन्द्रीत रहने छन् । यी साझा लक्ष्यका लागि सबै सरोकारवालाहरू तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय, सहकार्य र साझेदारीको लागि म हार्दिक आव्हान गर्दछु ।

 भर्खरका सूचनाहरु

सबै सूचना हेर्नुहोस

 भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस